You are viewing the translated version of बस वा ट्रकको चेसिसको अस्थायी निकासी गर्ने.

Section 6
बस वा ट्रकको चेसिसको अस्थायी निकासी गर्ने
(१) कुनै व्यक्तिले आफूले पैठारी गरेको वा नेपालभित्र खरिद गरेको बस बा ट्रकको चेसिस/पैठारी वा खरिद गरेको मितिले तीन महिनाभित्र बडी बनाउनको लागि निकासी गर्न चाहेमा त्यस्तो चेसिस पैठारी गर्दाको प्रज्ञापनपत्र वा बीजक संलग्न गरी भन्सार अधिकृत:समक्ष निवेदन दिनु पर्नेछ।

(२) उपनियम (१) बमोजिम निवेदन प्राप्त हुन आएमा भन्सार अधिकृतले: बस वा ट्रकको चेसिसको मूल्यको पाँच प्रतिशतले हुने रकम नगद धरौटी वा सो बराबरको बैङ्क जमानत लिई छ महिनाभित्र बडी बनाई पुनः पैठारी गर्ने शर्तमा निकासी गर्न अनुमति दिनु पर्नेछ।

(३) उपनियम (२) बमोजिम निकासी भएको बस वा ट्रकको चेसिसबाट छ महिनाभित्र बडी बनाई पुनः पैठारी गरेमा भन्सार अधिकृतले बडी बनाई ल्याउँदा लागेको मूल्यमा लाग्ने महसुल असुल गरी पैठारीकर्ताले नगद धरौटी रकम राखेको भए त्यस्तो नगद धरौटी फिर्ता दिनेछ र नगद धरौटीको सट्टा बैङ्क जमानत राखेको भए त्यस्तो बैङ्क जमानत फुकुवा गर्नेछ।

(४) उपनियम (३) बमोजिमको अवधिभित्र सम्बन्धित व्यक्तिले त्यस्तो बस वा ट्रकको बडी बनाई पुनः पैठारी गरी नल्याएमा भन्सार अधिकृतले निजले राखेको नगद धरौटी राजस्व खातामा जम्मा गर्नु पर्नेछ र नगद धरौटीको सट्टा बैङ्क जमानत राखेको भए सम्बन्धित बैङ्क वा वित्तीय संस्थाबाट त्यस्तो रकम असुल गर्नु पर्नेछ।

(५) उपनियम (२) बमोजिम निकासी भएको बस वा ट्रकको चेसिस यस नियम बमोजिमको अवधि नाघेपछि पुनः पैठारी गरी ल्याएकोमा भन्सार अधिकृतले सम्बन्धित व्यक्तिले राखेको नगद धरौटी राजस्व खातामा जम्मा गर्नु पर्नेछ र नगद धरौटीको सट्टा बैङ्क जमानत राखेको भए सम्बन्धित बैङ्क वा वित्तीय संस्थाबाट त्यस्तो रकम असुल गरी बस वा ट्रकको बडी बनाई ल्याउँदा लागेको मूल्यमा लाग्ने महसुल असुल गरी जाँचपास गर्न सक्नेछ ।